प्रकाश श्रेष्ठ (Prakash Shrestha)

फेवातालको आँगनमा/ Phewatalko aanganma lai lai machhapuchchre
➤ Singer – Prakash Shrestha
➤ Music – Sambhujeet Banskota
➤ Lyrics – Dinesh Subba

फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो मायाँ

अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाँए
बगर पर्खाईमा बिसौं बहर गँए

कोईली चरी गाउन छाड्छे रानी वन डुल्दै
सपना मेरो ईन्द्रेणी बोक्छ बिपना भुल्दै

साउन झरी मेरै निम्ती उर्ले जस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्से जस्तो लाग्छ

सफल तिम्रो त्यो जिन्दगीलाई / Safal Timro Tyo Jindagi Lai
➤ Singer – Prakash Shrestha
➤ Music – Sambhujeet Banskota
➤ Lyrics – Sunil Thapa

सफल तिम्रो त्यो जिन्दगीलाई, यो दुखीको बधाई छ
परिबर्तन भयौ के कारण तिमि, यहि नै मेरो सोधाई छ

अधिकार मेरो केहि छैन अब, ढुकढुकी तिम्रो फेरी सुन्ने
बेवारिश लास भए म, कोहि छैन मलाई आफ्नो भन्ने

उपहार तिमीलाई सिन्दूर, पराइ हातले दिने छ
सजियौ तिमि पोतेहरुले मेरो जिबनको माला छिने छ

बाँच्नु नै छ यदि भने / Bachnu Nai Chha Yadi Bhane
➤ Singer – Prakash Shrestha
➤ Music – Sambhujeet Banskota
➤ Lyrics – G Shah

बाँच्नु नै छ यदि भने बाँच नेपाली भै
बोल्नु नै छ यदि भने बोल नेपाली नै
आमाको नै गर यदि गर्ने भए याद
भएकोमा नेपाली नै बाँच गर्वसाथ

दुई हाथ जोड्ने भए, जोड नेपाललाई
आमालाई रोज, पाउने भए ईश्वरलाई
सुन हीरा यही खोज, नगरेर बेर
आफुलाई पाउने भए, नेपाललाई हेर

मुटुभरी छातीभरी, नेपाली भै बाँच
हर सास सास, मेचीकाली लीई बाँच
माटो पारी पवित्र यो, धरतिको बाँच
नेपाल यो तातो रगत, लीई बाँच

नेपाली हो भने तिमी, बोक नेपाललाई
मुटुको त्यो धड्कन, साँच नेपाललाई
नेपालकै माया गर, माया लाग्छ भने
नेपालीकै निम्ती मर मर्नुपर्छ भने

गहिराईमा डुब्दै नडुब / Gahirai Ma Dubadi Naduba
➤ Singer – Prakash Shrestha
➤ Music – Sambhujeet Banskota
➤ Lyrics – Neer Shah

गहिराईमा डुब्दै नडुब, डुबी सकेको छौ भने
मोति नटिपी नफर्क, मोति नटिपी नफर्क

पन्छिएर होइन गहिरिएर जाउ, जीवनलाई बुझ्ने रहर छ भने 
कि त लुकेर बस मृत्यु कुरेर, समस्याहरु संग डर छ भने

आउँछन् धेरै उकालो ओरालो, एकनास पाईला चाल्दै जाउ
लक्ष्यमा पुग्न सजिलो हुदैन, आतिएको मनलाई सम्हाल्दै जाउ

यो नेपाली शिर उचाली / Yo Nepali Shir Uchali...
➤ Singer – Prakash Shrestha & Lochan Bhattarai
➤ Music – Natikaji
➤ Lyrics – Bhupi Sherchan

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जूनकीरीझैँ ज्योति बाली अन्धकारमा चम्कन्छ

चाहे झुकोस नीलो आकाश यो नेपाली झुक्दैन
चाहे रुकोस चिसो बतास यो नेपाली रुक्दैन

एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शिर ठूलाठूला पहाड छ

जन्मे यहीँ गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत

Yo Suntale Ooth Badami Aaankha... (Movie: Badlindo Aakash)
➤ Singer – Prakash Shrestha / Tara Thapa
➤ Music – Gopal Yonjan
➤ Lyrics – Nagendra Thapa

No comments: