प्रेम ध्वज प्रधान (Prem Dhoj Pradhan)

घुम्तीमा नआउ है  / Ghumtima Naaau Hai Aankha Timi
➤ Singer – Prem Dhoj Pradhan
➤ Music – Prem Dhoj Pradhan
➤ Lyrics – Ratna Shamsher Thapa

घुम्तीमा नआउ है आँखा तिमि जुधाउन
बाँधिए माया फेरी गाह्रो हुन्छ फुकाउन

भोलि जब हुन्छौ हामि एक अर्को संग टाढा
फूल जस्तो माया पनि बिझाउने  बन्छ काढा
सुस्केरामा रात बित्छ सक्ने छैनौ निदाउन
घुम्तीमा नआउ है...

बतासमा उडी आउछ गीत मुटु छुन
एक्लै जीउनु दुखि बनि पर्छ प्रीत सम्झी रुन
आउदैन आगनमा पापी जून चियाउन
घुम्तीमा नआउ है..

गोरेटो त्यो गाउँको लौ न आज / Goreto tyo Gaaunko
➤ Singer – Prem Dhoj Pradhan
➤ Music –
➤ Lyrics – Ratna Shamsher Thapa

गोरेटो त्यो गाउँको लौन आज..खोजी-खोजी थाकेनि
पहिल्याउन सकिन, पहिल्याउन मैले सकिन

एकलाश बन माझ, बिराई बाटो आज
अल्मलिए लौन मत, अल्मलिए लौन मत
आवाज नपाई मायालु तिम्रो, बन देबी भोकनि
पहिल्याउन सकिन, पहिल्याउन मैले सकिन

झमक्क पर्यो साँझ, कहाँ बस्ने हो बाँस
एक्लो भए लौन मत, एक्लो भए लौन मत
खबर नपाई मायालु तिम्रो, दोधारैमा परे नि
पहिल्याउन सकिन, पहिल्याउन मैले सकिन

नमान लाज यस्तरी कि / Namana Laaj Yastari Ki
➤ Singer – Prem Dhoj Pradhan
➤ Music – Jayadev
➤ Lyrics – 
नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो
नआऊ सामू यस्तरी, कि अड्छ ढुकढुकी मेरो

त्यो घुम्टो म उचालूँ कि, मुहार त्यो नियालूँ कि
भूलेर आफूलाई नै, हजुर मै हराऊँ कि

यो बैँसमा बतासिदै, नआऊ न आकासिदै
के थाह भोलि कल्पिई, रुनु छ कि निसासिँदै

यता उता नशा छरौँ, मीठा मीठा कुरा गरौँ
कि हामी एक अर्काको, नगिच मै जिऔँ मरौँ

जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो

गलत मोडमा जब मोडिन्छ जिन्दगी / Galat Modma Jaba
➤ Singer – Prem Dhoj Pradhan
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag

गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी

बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी

ढुङ्गाको चोटलाई ऐनाले सहनु पर्छ
कमजोरीले नै यसरी टुक्रिन्छ जिन्दगी

लेखिन्छ बालुवमा पानिमा लेखिँदैन
एउटै लहरले तर मेटिन्छ जिन्दगी

पर लैजाउ फूलहरु/ Para Laijau Fulharu Chhopi Deu Tara Jun
➤ Singer – Prem Dhoj Pradhan
➤ Music – 
➤ Lyrics – 
पर लैजाउ फूलहरु, छोपी देउ तारा जुन, 
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु 

शहरको भिडमा म एक्लो, हल्लाले छुदैन
रानी बनको एकान्तमा पनि, मन चुप हुदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन

संसार देखि भागौला, तिमीबाट सक्दिन
आतिएर मन उड्न खोज्छ, तर मुक्ति पाउदिन
सपनामा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन

यहि हो नेपाल/ Yahi Ho Nepal Nepali Ko Ghar
➤Singer - Prem Dhoj Pradhan &  Ganga Rana
➤Music - Ustad Govinda Lal Nepali
➤Lyrics - Daman Dhungana

यहि हो नेपाल, नेपालीको घर, नेपालीको घर x 2 

उतरतिर चांदीको पर्खाल  सजेको दरबार x2
दक्षिण तिर बगैचा जस्तो चौकिला बजार x2
मेची  र काली शान्तीका सधै गाउने समाचार x2
यो ठाउँको नाउँ भनन साथी मलाइ एक बार x2
यहि हो नेपाल...

पहाड जस्ता दरिलो मुटु मैदानी छातीमा x2
हिमाली छाँया तापेर बस्ने पृथ्वी माटीमा x2
शान्तिका दैव बुद्धले बसि गोडेर गएको x2
पृथ्वी जस्ता अमर वीरले जोडेर गएको x2
यहि हो नेपाल...

बिश्व त यसलाई, नेपाल भन्छ, नाम त स्वर्ग हो
बुझ लौ साथी, गुण लौ साथी, यहि देश नेपाल हो 
हो हो अहा अहा हो हो अहा अहा 
नेपालीको घर, नेपालीको घर 
चन्द्र र सुर्य, ध्वजाको मुनि, 
यो माटोलाई, सम्झेर बस्ने
नेपालीको घर, नेपालीको घर 

एकता भित्र, हाँसेर बस्ने, बिरता देखि, संसार डर्ने
कला र कौसल, संसार भर्ने, हरियो बारी, कोयली गाउने 
संसारै  सङ्ग, मितेरी लाउन, हँसिलो उति, दयालु उति
पबित्र जाती, नेपाली बस्ने 
यहि हो नेपाल..

Baschhu ma ta himal ko chhaya ma...
➤Singer– Premdhoj Pradhan
➤Music – Natikaji
➤Lyricist – Prem Binod Nandan


*यो नेपाली शिर उचाली 
*देउरालीमा बतास चल्यो 
*राजमती कुमति (नेवारी)

No comments: