सुरेश गन्धर्व (Suresh Gandharva)

रिङ्के बुङ्को राँगोलाई / Ringke Bungko Rango Laai
➤ Singer – Suresh Gandharva
➤ Music – CK Shrestha 
➤ Lyrics – CK Shrestha
(Ramesh Prasai)  

रिङ्के बुङ्को राँगोलाई, चुङ्के बुङ्को चुलेसीले
ताप्लेजुंगमा ताकेर, कालेबुङ्गमा काटेर 
अरुण तमोर तरौंला, तिते फापर छरौंला 
फूल लाउँला केसरी, खाउँला बेसरी 

मधेसको मैनाचरी लेक चर्ने लाहाँचे
पीर बोकी मुटुभरि, बगर–बगर नाचेँ
आधा माया फुर्मास भो आधा माया साँचेँ
ठेगान लाउन त्यै मायालाई आजसम्म बाँचेँ
रिङ्केबुङको राँगालाई…

सारङ्गीको सुर काँ गो पुङमाङ भो मादल
मुर्चुङ्गालाई मुस्किल परो बिनायो भो बेहाल
चोलीको त चोलै उठो फरियाको के हाल
दौरा भए स्वर्गवासी नरक गए सुरुवाल
रिङ्केबुङको राँगालाई…

साँचो झूटो धर्म कर्म मन हुन्छ दोमन
पापी मन जति भन रुँ–रुँ गर्छ झन् झन्
एकैछिनको हाँसो र’छ सय दिनको रोदन
पराया ज्यानको पयरमुनि दुखियाको जीवन
रिङ्केबुङको राँगालाई…

सुरेश गन्धर्व 


Rinke Bungko Ragolai Chunke Bungko Chulesile
Taplejungma taker kalengpung ma katera
arun tamor taraula tite fapar chharaula
fulai laula kesari ho khaula besari 

Suresh Gandarbha

No comments: