बसन्त नै बस्न खोज्छ / Basanta Nai Basna Khojchha Yaha Lolayera
➤Singer - Asha Bhosle
➤Music - Jayadev
➤Lyrics - Kiran Kharel
Movie: Maitighar (1966)
बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्रणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर
एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ति बले यहाँ जगतै जगमगाउँछ
सुख-शान्त मुस्काउँछ यहाँ सधैं भरि
लुकामारी खेल्छा जुन यहाँ रातै भरि
यो हो मेरो...
आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
आकाशलाई छोएको छ मेरो हिमालले (हिमालले)
स्वोर्गलाइ लोभ्याउँछ मेरै नेपालले (नेपालले)
मेरो प्रीत पलाउँछ सधैं पहरामा
मेरो गीत सुसाउँछ सधैं छहरामा
यो हो मेरो ...
यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्रधनुस स्वोर्ग माया मारी
कोपिलाको काखमा काउकुती लाई
खेलिरन्छ झुल्के घाम बिहान नै आई
यो हो मेरो ...
जिन्दगीलाई जीत होइन / Jindagi Laai Jeet Hoina
➤ Singer – Manna Dey
➤ Music – Jaydev
➤ Lyrics – Kiran Kharel
➤ Singer – Manna Dey
➤ Music – Jaydev
➤ Lyrics – Kiran Kharel
Movie: Maiti Ghar (1966)
हेर धर्ति डगमगाई दिलमा ज्वाला गुम्सिएर
जुन जल्दै छटपटाई तारा देखि तर्सिएर
जीन्दगीलाई जित होइन हारले स्वागत गरि
हिडदछे ऊ फूल होइन आँसुका मोती छरी
हेर धर्ति डगमगाई दिलमा ज्वाला गुम्सिएर
जुन जल्दै छटपटाई तारा देखि तर्सिएर
जीन्दगीलाई जित होइन हारले स्वागत गरि
हिडदछे ऊ फूल होइन आँसुका मोती छरी
लक्षिण कि मुर्ति आज पथ्थर झैं फालिंछे
दुश्मन यो दुनियाँलाई प्यार गर्दै छाडी दिन्छे
बाँझो भयो संसार यो बिझाउने मान्छेहरु
बसन्त नै बिधुवा भई आगो भए फूलहरु
कति मायाँ कति मोह उसले यहाँ रोपेकी थिई
कति मर्म कति पिडा उसले मनमै छोपेकी थिई
आज एउटी देबी जल्छे मन्दिरकै नाता तोडी
आज एउटी नारी जान्छे आफ्नै छायाँ लाई छोडी
हाँसी खेली यहि धुलोमा उसले बाँच्न चाहेकी थिई
मानिसले मानिसकै एक मुट्ठी प्रेम मागेकी थिई
सिउँदोको सिन्दुर मात्र होइन उसको मेटिएको
देखिदैन किन्तु उसको हृदय नै छ रेटिएको
नमान लाज यस्तरी कि / Namana Laaj Yastari Ki
➤ Singer – Prem Dhoj Pradhan & Usha Mangeshkar
➤ Music – Jayadev
➤ Lyrics –
➤ Music – Jayadev
➤ Lyrics –
Movie: Maitighar (1966)
नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो
नआऊ सामू यस्तरी, कि अड्छ ढुकढुकी मेरो
त्यो घुम्टो म उचालूँ कि, मुहार त्यो नियालूँ कि
भूलेर आफूलाई नै, हजुर मै हराऊँ कि
यो बैँसमा बतासिदै, नआऊ न आकासिदै
के थाह भोलि कल्पिई, रुनु छ कि निसासिँदै
यता उता नशा छरौँ, मीठा मीठा कुरा गरौँ
कि हामी एक अर्काको, नगिच मै जिऔँ मरौँ
जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो
जय जय जय जननी नेपाल/ Jaya Jay Jay Janani Nepal
➤ Singer – Manna Dey & singers
➤ Music – Jaydev
➤ Lyrics – Kiran Kharel
Movie: Maiti Ghar (1966)
जय जय जय सुन्दर स्वदेश
जय जय जय जननी नेपाल
सुर्य चन्द्र अंकित हाम्रो झन्डा राम्रो हो देश बिशाल
जुन माटोमा मेरो/ Jun Mato Ma Mero
➤ Singer – Lata Mangeskar
➤ Music – Jaydev
➤ Lyrics –
Movie: Maiti Ghar (1966)
जुन माटोमा मेरो
म प्यार बेची दिन्छु / Ma Pyar Bechi Dinchhu
➤Singer - Asha Bhosle
➤Music - Jayadev
➤Lyrics - Kiran Kharel
Movie: Maiti Ghar (1966)
म प्यार बेची दिन्छु बहार बेची दिन्छु
को किन्छ मेरो दिलको झंकार बेची दिन्छु
काला कुर्तैले / Kala Kurtaile Chha Maine Jagir Khaya
➤Singer - C.P. Lohani, Aruna Lama
➤Music - Jayadev
➤Lyrics - Pradip Rimal
Movie: Maiti Ghar (1966)
काला कुर्तैले छ महिने जागिर खायाँ
दैया मर्यो आफ्नै कालले म मरें सुर्तैले
पहरामा सुन छ हात पुग्दैन लौरी छैन,पहरामा सुन छ
अर्कालाई बुझाउने मन आज किन आफै रुन्छ
तितो भो करेली टिपी ल्याऊ बेलौती
मुखले बोले मैलो हुन्छ सन्काइ देउ परेली
Hansi Kheli Yehi Dhuloma Manna Dey
Chha Salaam Kasari Bolam C.P. Lohani
Hey Suna Aaja Ma Timi Haru C.P. Lohani
Tinai Sahar Nepali Ma C.P. Lohani
Unbhoma Jharne Banko Bato C.P. Lohani, Aruna Lama
Salloma Bhanu Sallo Ho Aruna Lama, Geeta Dutt
Sanu Maya Mero Maya Lai Aruna Lama, Geeta Dutt
माईतीघर (Maiti Ghar) (1966)
कलाकार: माला सिन्हा, सि. पि. लोहोनी, राजेन्द्र नाथ, सुनिल दत्त
निर्देशन: बि. एस. थापा
संगीत: जयदेव
No comments:
Post a Comment