➤ Singer – Prakash Shrestha, Bimala Rai
➤ Music – Gopal Yonjan
➤ Lyrics – Chetan KarkiMovie: Kanchhi (1985)
➤ Music – Gopal Yonjan
➤ Lyrics – Chetan KarkiMovie: Kanchhi (1985)
कान्छी हे कान्छी
हे कान्छी केहि त बोलन
हे मनको कुरा खोलन
हिमाल सरि म / Himal Sari Ma Agli Rahechhu
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Movie: Kanchhi (1984)हिमाल सरि म अग्लि रहेछु,
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु,
सम्हाल, सम्हाल, सम्हाल मलाई
यि तारा कति छन् म गन्न सकुँला, तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ, तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु उचाल, उचाल, उचाल मलाई
म खोली बनेर सुस्तरी आँउला, तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला, मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु अंगाल, अंगाल, अंगाल मलाई
हिमाल सरि म पग्ली रहेछु
कलकल सलसल/ Kalkal Salsal..Bagi Jane Paniko
➤ Singer – Prasad Shrestha/Aruna Lama
➤ Music – Gopal Yonjan
➤ Lyrics – Gopal Yonjan
Movie: Kanchhi (1985)
कलकल सलसल झल्झल चंचल
निर्मल निश्चल खोलि.. हे खोलि
बगी जाने पानीको
मलाई के आशा छोडी जानेको
छोरीको जन्म हारेको कर्म / Chhoriko Janma Hareko Karma
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Chetan Karki
Movie: Kanchhi (1985)
छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ
न कुनै जन्ती, न दुल्हा राजा, न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज, यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ती, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ
न त कोही देख्छन, कलेजीको घाउ, मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउँ, छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ
विरहमा मिलनको बरु आशा हुन्छ, मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भावी तैंले सबै दु:ख नलेख्नु, यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ
झलमल्ल हुँदैछ, यता सिउँदो खाली, टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहीं खुसीको बतास, कतै आँधी हुरी निराशै निराश
कहीं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ
यो ओठ तिम्रा / Yi Oth Timra Muskan Timrai
➤ Singer: Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Movie: Kanchhi (1985)
यो ओठ तिम्रा, मुस्कान तिम्रै
यो मुटु तिम्रो, ज्यु ज्यानै तिम्रै
मेरो यो माया तिम्रै हो
न रातमा निन्द्रा न भोक दिनमा
कल्पी रहन्छ मन छिन छिनमा
आँखा हरुमा तिम्रै छ सपना
तिम्रै छ धोको यो जीवनमा
मेरो यो माया तिम्रै हो...
फुल बनेर कोपिला फुट्यो
बाला पन जोवन नि लुट्यो
तिमीलाई खोज्दा हे बैगुनी
साथी छुटे मेरो देश नै छुट्यो
मेरो यो माया तिम्रै हो...
यो गीत मेरो तर ताल तिम्रै
धुकधुकी मेरो तर प्राण तिम्रै
मेरो यो माया तिम्रै हो...
कान्छी (Kanchhi) (1984)
कलाकार: शर्मिला मल्ल, शिव श्रेष्ठ, सुष्मा शाही
निर्देशन: बि.एस.थापा
संगीत: गोपाल योञ्जन
No comments:
Post a Comment