चलचित्र लाहुरे (Lahure) का सबै गीतहरु

बीरताको चिनो / Beerta Ko Chino Beerko Santan
➤ Singer – Narayan Gopal
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Kusum Gajmer/Tulsi Ghimire
Movie: Lahure (1989)

बीरताको चिनो बीरको सन्तान, शहिदको रगत लाउरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी

जन्म लियौ यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा, कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ ईतिहासको नौलो बिहानी
वीरताको चिनो...

गर्भमै सिक्यौ खुकुरी चलाउन, पर्दैन सिक्न बारुद चलाउन
नेपाली हौ तिमी संसारै जित्ने, पर्दैन वनको काँडालाई तिर्खान
अब खुकुरीसित कलम यो, दिन्छु तिमीलाई मेरो निशानी
वीरताको चिनो...

(झरना जस्तै चोखो रगत मागेर, खोलाको बग्ने उमङ्ग लिएर
पहाडको अटल बिश्वास मागेर, हिमाल झैँ निधार सिँगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ, आफ्नै धरतीमा माटोको शिरानी
वीरताको चिनो...)

बस है आमा गयौं है बाबा / Basa Hai Aama Gayau hai baba
➤ Singer – Various artists
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Kusum Gajmer/Tulsi Ghimire
Movie: Lahure (1989)

बस है आमा गयौं है बाबा... 
लाहुरे भई आजको दिन 
फर्की आउँला कुनै दिन 

पाहाडको माथि माथि  / Pahadko Mathi Mathi 
➤Singer - Narayan Gopal & Asha Bhosle 
➤Music - Ranjeet Gajamer 
➤Lyrics - Kusum Gajamer/Tulasi Ghimire
Movie: Lahure (1989)

पाहाडको माथि माथि घुम्दै उडेर, 
आकासको चारै तिर फैलिएर,
पागल जस्तै उडी हिड्ने, 
बादल हौ तिमी बादल हौ 
बादल हो त्यो बादल हो

चिया बारीमा / Chiyabari Ma 
➤ Singer – Deepa Jha
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Kusum Gajmer/Tulsi Ghimire
Movie: Lahure (1989)

चिया बारीमा.. हो चिया बारीमा.. 
सँधै उडी हिंड्ने बादलुलाई, सँधै फुली रहने फूलहरुलाई 
कुन खुसि आज नौलो भई, फैलियो मेरो चिया बारीमा 

साउने झरीमा / Saaune Jhari Ma
➤ Singer – Aasha Bhosle
➤ Music – Ranjit Gazmer
➤ Lyrics – Kusum Gajmer/Tulsi Ghimire
Movie: Lahure (1989)

सावने झरीमा त्यो गाउँको गोरेटो 
छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो


लाहुरे (Lahure) (1989)
कलाकार: श्रवन घिमिरे, तृप्ति, तुलसी घिमिरे
निर्देशन, कथा, सम्पादन: तुलसी घिमिरे
संगीत: रनजित गजमेर 
गीत : कुशुम गजमेर / तुलसी घिमिरे
गायक/गायिका: नारायण गोपाल, आशा भोसले , दीपा झा 

No comments: