➤ Singer – Lata Mangeshkar
➤ Music – Hemanta Kumar
➤ Lyrics – M B B Shah
Album – Usaiko Lagi-2
आकाशका तिर्मिरे तारा म गन्न सक्दिन
मनको कुरा मुखमा ल्याई म भन्न सक्दिन
साउने झरी ढुंगेलो बाटो बिर्सिन सक्दिन
बिर्सेर पनि त्यो दिन आज बिर्सन सक्दिन
धाराको कुना निरको भेट म भन्न सक्दिन
झरीको पछि लागेको जुन बिर्सिन सक्दिन
जुनेलो छायाँ मायालु उनि म भन्न सक्दिन
हातमा हात परेको बेला बिर्सिन सक्दिन
बाँचुन्जेली लाई / Bachunjelilai (2012)
➤ Singer - Lata Mangeshkar & Ram Krishna Dhakal
➤ Music - Shikhar Shantos
➤ Lyrics - Ananda Adhikari
फुल भन्छ फुली रहुँ जुन भन्छ चम्कि रहुँ
मन त भन्छ सबै सँग मायाँ मोह राखी रहुँ
बाँचुन्जेलीलाई... बाँचुन्जेलीलाई
नदी भन्छ बगी रहुँ, सृष्टि भन्छ चलि रहुँ
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु
नपरोस् बचनले घोच्न, बरु ओठ सिएरै बस्छु
बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु
कसैको दुखमा हासँदा, कस्लाई पो शान्ति मिल्छ
सपना त सपना हो, बिपनीमा रित्ति हाल्छ
नपरोस् टुटेर जाने, कसम र किरिया खान
नपरोस् छिन भरको लागी, झिनो साहारा बन्न
सुन झै सुन्दर तारा, कस्ले पो टिप्या छ र
मरे पछिको स्वर्ग, कस्ले पो देख्या छ र
No comments:
Post a Comment