➤ Singer – Manna Dey
➤ Music – Jaydev
➤ Lyrics – Kiran Kharel
Movie: Maiti Ghar (1966)
हेर धर्ति डगमगाई दिलमा ज्वाला गुम्सिएर
जुन जल्दै छटपटाई तारा देखि तर्सिएर
जीन्दगीलाई जित होइन हारले स्वागत गरि
हिडदछे ऊ फूल होइन आँसुका मोती छरी
हेर धर्ति डगमगाई दिलमा ज्वाला गुम्सिएर
जुन जल्दै छटपटाई तारा देखि तर्सिएर
जीन्दगीलाई जित होइन हारले स्वागत गरि
हिडदछे ऊ फूल होइन आँसुका मोती छरी
लक्षिण कि मुर्ति आज पथ्थर झैं फालिंछे
दुश्मन यो दुनियाँलाई प्यार गर्दै छाडी दिन्छे
बाँझो भयो संसार यो बिझाउने मान्छेहरु
बसन्त नै बिधुवा भई आगो भए फूलहरु
कति मायाँ कति मोह उसले यहाँ रोपेकी थिई
कति मर्म कति पिडा उसले मनमै छोपेकी थिई
आज एउटी देबी जल्छे मन्दिरकै नाता तोडी
आज एउटी नारी जान्छे आफ्नै छायाँ लाई छोडी
हाँसी खेली यहि धुलोमा उसले बाँच्न चाहेकी थिई
मानिसले मानिसकै एक मुट्ठी प्रेम मागेकी थिई
सिउँदोको सिन्दुर मात्र होइन उसको मेटिएको
देखिदैन किन्तु उसको हृदय नै छ रेटिएको
जय जय जय जननी नेपाल/ Jaya Jay Jay Janani Nepal
➤ Singer – Manna Dey & singers
➤ Music – Jaydev
➤ Lyrics – Kiran Kharel
Movie: Maiti Ghar (1966)
जय जय जय सुन्दर स्वदेश
जय जय जय जननी नेपाल
सुर्य चन्द्र अंकित हाम्रो झन्डा राम्रो हो देश बिशाल
No comments:
Post a Comment