नमान लाज यस्तरी कि / Namana Laaj Yastari Ki
➤ Singer – Prem Dhoj Pradhan & Usha Mangeshkar
➤ Music – Jayadev
➤ Lyrics –
➤ Music – Jayadev
➤ Lyrics –
Movie: Maitighar (1966)
नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो
नआऊ सामू यस्तरी, कि अड्छ ढुकढुकी मेरो
त्यो घुम्टो म उचालूँ कि, मुहार त्यो नियालूँ कि
भूलेर आफूलाई नै, हजुर मै हराऊँ कि
यो बैँसमा बतासिदै, नआऊ न आकासिदै
के थाह भोलि कल्पिई, रुनु छ कि निसासिँदै
यता उता नशा छरौँ, मीठा मीठा कुरा गरौँ
कि हामी एक अर्काको, नगिच मै जिऔँ मरौँ
जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो
झल्झली आँखैमा / Jhaljhali Aankhaima
➤ Singer – Usha Mangeshkar
➤ Music – Jay Dev
➤ Lyrics – Pradip Rimal
➤ Music – Jay Dev
➤ Lyrics – Pradip Rimal
झल्झली आँखामा.. झल्झली आँखैमा
कस्तो बस्यो माया प्रिती, सक्दिन म बिर्सन
तिम्रै हो यो लैजाऊ जोवन
नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग
आफ्नो रुप हेरी हेरि आफैं हुन्छु दंग
ल मायाँ हाँसी देउ पिरती गाँसी देउ
सम्झनाको फुलबारीमा फुल्यो एउटा फुल
प्रेम कसम हो यो तिमि हुने छैन भुल
हेर निलो गगन मन मेरो झन मगन
No comments:
Post a Comment