चलचित्र सिन्दुर (Sindur) 1980 का सबै गीतहरु

बनमा फुल्यो फुलै फुल/ Banma Fulyo Fulai Ful
➤Singer - Tara Devi
➤Music -
➤Lyrics -
Movie: Sindur (1980)

बनमा फुल्यो फुलै फुल बास्ना चल्यो मनैमा
हाँसु हाँसु लाग्न थाल्यो लाली चड्यो तनमा
भनुँ.. भन्नै नहुने के मात लाग्यो नि होसै नहुने

जता हेरुँ चारै तिर नयाँ रंग छायो 
साथि संग लाज लाग्ने कस्तो बेला आयो 
छम छमाई पाईलाहरु जोवनको छालमा 
नाचूँ नाचूँ लाग्न थाल्यो ढुकढुकीको तालमा 
भनुँ.. भन्नै नहुने के मात लाग्यो नि होसै नहुने

गुराँस को फरिया फेरूँ चमेलीको चोली 
बेली बास चलाउँ कि मनको कुरा खोलि 
थरथराए ओठहरु बैंश पलाएर 
भागुँ भागुँ लाग्न थाल्यो आँखा लोलाएर 
भनुँ..भन्नै नहुने के मात लाग्यो नि होसै नहुने

को कस्को हो/Ko kasko ho Kasle chinna sakchha ra
➤Singer - Narayan Gopal
➤Music - Gopal Yonjan
➤Lyrics - Kiran Kharel
Movie: Sindoor (1980)

को कस्को हो, को कस्को हो, कसले चिन्न सक्छ र 
सिन्दुर हो या, धुलो हो जीवन, कस्ले भन्न सक्छ र 

आँखा नै हो मिठो सपना देख्नु गल्ति होईन 
मुटु नै हो चोखो मायाँ गर्नु गल्ति होईन 
बिति सकेका कुरा हरु लाई कसले साँच्न सक्छ र 
को कस्को हो...

देखिएको आफ्नो हैन लेखिएको नै हो
खोजिएको आफ्नो हैन भेटिएको नै हो
बगी सकेको आँसु लाई कसले थाम्न सक्छ र 
को कस्को हो...

लुकुँ लुकुँ लाग्यो मलाई / Luku Luhun Laagyo Malai 
➤Singer - Narayan Gopal, Tara Devi
➤Music -
➤Lyrics -
Movie: Sindur (1980)
लुकुँ लुकुँ लाग्यो मलाई बादलु त्यो कालो केशमा 


सिन्दुर (Sindur) (1980)
कलाकार: मिनाक्षि आनन्द, बिश्व बस्नेत, नीर शाह, सुभद्रा अधिकारी, गोपाल राज मैनाली
निर्देशन: प्रकाश थापा
संगीत:  

No comments: