शान्ती ठटाल (Shanti Thatal)

सम्हालेर राख संगालेर राख/ Samhalera Rakha Sangalera Rakha
➤ Singer – Shanti Thatal
➤ Music –  Amber Gurung
➤ Lyrics – Amber Gurung 

सम्हालेर राख, संगालेर राख 
फेरि फुल्ने हो कि होइन, जोवनको फूल
यसलाई राख, सांची साचीं राख
चाहे झरोस् बिरानीमा, निसानी भाई फूल
सम्हालेर राख।

तारा टिप्ने माया छैन, जुन झार्ने प्रीती छैन ... x2
छोटो जीवन धेरै बात गर्ने यहाँ फुर्सद छैन
यसलाई सम्झ, मनमै गुनी राख
घरी घरी हुने होइन यस्तो मिठो भुल
सम्हालेर राख।

हावा त्यसै छिर्ने छैन, तुफान त्यस्तै घिर्ने छैन ... x2
सपनाको जस्तो प्रीती गुथ्ने यहाँ रात छैन
यसलाई राख, नखसाई राख
फेरी फुल्ने हो कि होइन मायालुको फूल

सम्हालेर राख, संगालेर राख 
फेरि फुल्ने हो कि होइन जोवनको फूल
यसलाई राख, सांची साचीं राख
चाहे झरोस् बिरानीमा, निसानी भाई फूल
सम्हालेर राख।

No comments: