कर्मा योञ्जन (Karma Yonjan)

सम्झेर बुझेर दिई हाल त्यो जोवन / Samjhera Bujhera Diyi Haal Tyo Jowan
➤ Singer – Dilmaya Khati & Karma Yonjan
➤ Music – Karma Yonjan
➤ Lyrics – Gopal Yonjan

सम्झेर बुझेर दिई हाल त्यो जोवन 
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझे है यो मेरो जोवन 
यसैरिनै हैन म दिने छु तिम्रो मन 

बादल उड्छ आकाश भेट्न आकाश झन् टाढा छ 
जति मा खेद्छु भाग्दछौ तिमि यो मन रुँदा छ 

आकाश तिर लम्किन्छ बादल सागरमा झर्दछ 
चारैमा तिर उड्दछ यो मन तिमि मै मर्दछ
 
-------------------
सारंगीको तारले मेरो / Sarangiko Taarle Mero Manko Geet Gauchha
➤ Singer – Kumar Subba 
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya

सारंगीको तारले मेरो मनको गीत गाउँछ
लेक देखि बेसी सम्म गाईने मित लाउछ 

मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा 
सुनाई हिड्छु लडाई र पिरतिको कथा
फूल रोए शित हुन्छ मैले रोए गीत 
सारंगी को धुन मात्रै गाईने को जीत 

रानी बनको डाँफे मुनाल सँग झुली हिड्छु 
पहाड को रन बन डुली डुली हिड्छु 
सारंगी मा गाउँदै हिंड्दा मलाई माग्ने भन्छ 
आफ्नै दाजुभाईले मलाई नाचिने झैँ गर्छ 

हे फूल चुँडेर लाने हो / Hey Phool Chudera Lane Ho
➤ Singer – Kumar Subba 
➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
गीति नाटक: अनि देउराली रुन्छ

हे फूल चुढेर लाने हो, यहाँ माली रोएको देख्यौ के 
खुशी मिलन मनाउने हो, यहाँ बिछोड भएको देख्यौ के 

माईती घर साथी संगी, सबैलाई सम्झी
डोली चढ्दा दुलही रुन्छे, घुम्टोभित्र लुकी

पन्छी सबै उडेपछि, गुँड रित्तै हुन्छ
यो माटोलाई छोडी गए, देउराली यहाँ रुन्छ

चिनारी हाम्रो धेरै पुरानो / Chinari Hamro Derai Purano
➤ Singer: Narayan Gopal
➤ Music: Karma Yonjan
➤ Lyricist: Nagendra Thapa

चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
नदेखे पनि भेट सधै-सधै, भएझै लाग्दछ।

शीतल दिन्छौ, पवन भएर, मिर्मिरे याममा
मायालु न्यानो स्पर्ष दिन्छौ, किरणको रूपमा।
झनझनै बस्छ, संगीत तिम्रो, हरेक तन्तुमा।
आशाको दियो आफै नै बल्छ, अँध्यारो कुनामा।

हजार खोजे, त्यो रुप हेर्न, पाउदै पाईन।
मायाले छुने, हाथ छाम्न खोजे, समाउनै सकिन।
भनिदेउ आज, को हौ तिमी, मैले त जानिन।
विरंगी रुप, फेरेर आउने, तिमीलाई चिनिन।



कर्मा योञ्जन (b:1937 दार्जीलींग ) पुरानो नेपाली संगीतकार हुनुहुन्छ । वहाँले केहि चर्चित गीत पनि गाउनु भाएको छ | वहाँको भाई (काकाको छोरा) गोपाल योञ्जन पनि चर्चित नेपाली संगीतकार गीतकार हुनुहुन्छ ।

No comments: