ए कान्छा मलाई सुनको तारा / Eh Kanchha Malai Sunko
➤Singer - Aruna Lama & Rudra Mani
➤Music - Ambar Gurung
➤Lyrics - Pasang Wangbal
ए कान्छा मलाई सुनको तारा खसाई देउन
त्यो तारा मात्र होइन जुन पनि झारी दिउला
गाई, गोरु बाधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला उज्यालोमै आउन
अँध्यारो के हो र माया पिरती अघि
पर्खी देउ म आउला अध्यारोलाई तोडि
ए कान्छा ...
लौ उडि जाउ त्यहा बादल लुछी ल्याउन
बादललाई गासेर आचल बनाई दिउला
लौ हुन्छ बादलको आचल बनाई दिउला
छेउछेउमा ताराको जलप लगाई दिउला
ए कान्छा ...
रुद्र मणि गुरुङ Rudra Mani Gurung (1936-2019) दार्जीलिंगका पुराना नेपाली गायक हुनुहुन्छ । सन् १९५९ मा वहाँले अरुणा लामा सँग "ए कान्छा मलाई सुनको तारा " बोलको गीत रेकर्ड गर्नु भएको थियो ।
No comments:
Post a Comment