आनन्द कार्की (Ananda Karki)

यी हल्ला हरु हुन्/ Yi Halla Haru Hun
➤Singer - Ananda Karki
➤Music - Deepak Jangam 
➤Lyrics - Krishnahari Baral

यी हल्ला हरु हुन्, तिमीले सुनेका 
कसै सँग मैले, मुटु साट्या छैन 
नपत्याए हेर, चिरेर यो छाती
तिमीलाई कहिल्यै, मैले ढाट्या छैन

(यो मनमा तिमी छौ, बचनमा तिमी छौ
तिमी स्वप्न बन्दै, सजेकी नयनमा) x2
म भेट्छु तिमि नै यी फूलमा बहारमा
यो निलो गगनमा, यो शितल पवनमा
यो विश्वास गरी देउ, तिमीलाई नसम्झी
कुनै रात मैले, कतै काट्या छैन
यी हल्लाहरु हुन...

(म फूल्छु हँशिलो, लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न) x2
म भुल्छु मलाई, पनि जिन्दगीमा
तिमीलाई भुल्ने, सामर्थ हुन्न
यो विश्वास गरी देउ, तिमीलाई नसम्झी
कुनै रात मैले, कतै काट्या छैन
यी हल्लाहरु हुन...

लाग्छ मन हेरी रहुँ/ Lagcha Man Heri Rahu
➤Singer - Anand Karki 
➤Music - Shakti Ballav 
➤Lyrics - Dhruba Ratna Tuladhar

लाग्छ मन हेरी रहुँ, यसरि नै तिमीलाई x2
जीवन भर मायाँ गरूँ, यसरि नै तिमीलाई x2

मुर्ति बनि समय पनि, जहाँको त्यहीँ अडिरहोस् x2
मिलनका क्षणहरु, जीवनभर लम्बिरहोस्
मेरो मन मन्दिरमा सजाउँ आज तिमीलाई x2
जीवनभर माया गरूँ यसरी नै तिमीलाई x2
लाग्छ मन हेरिरहुँ ...

फुलेर फूलहरुले, धर्ती सजाउन आज x2
बसाउँ दुई आत्मा, त्यहीँ फूलहरुको माझ 
पुजाको फूल पनि, चढाऊँ आज तिमीलाई x2
जीवनभर माया गरूँ यसरी नै तिमीलाई x2
लाग्छ मन हेरिरहुँ...

बर पिपलु / Janam Janam Jiula Sangai
➤Singer – Ananda Karki & Sunita Subba
➤Music - Sambhujit Baskota
➤Lyrics - Laxminath Sharma

जनम जनम, जिउँला सँगै, भाकेर बर पिपलु 
यो तन दिएँ, यो मन दिएँ, तिमिलाई ए मायालु  

डाँडा काडाँ वरपर चौतारीमा छाँया
जती मिठो बोली तिम्रो उती चोखो मायाँ
थाहै नपाई सुटुक्कै मुटु साँटिएछ
तिमीसित अजम्बरी मायाँ गाँसिएछ
हो...र
साक्षी छ है पीपलु र वर x2
जनम जनम... 

मुटुभरी कताकता गुँरास फुलेजस्तो
मनै भरी यताउता माँया डुले जस्तो
तिमी वर पीपलु म सधैं दाँया बाँया
छहारीभै बसौं प्रीतम शीतल तिम्रो छाँया
हो..र
साक्षी छ है पीपलु र वर x2
जनम जनम...

फेरी तिम्रो याद आयो/ Feri Timro Yaad Aayo
➤Singer - Anand Karki 
➤Music - Raju Singh
➤Lyrics - Dinesh Adhikari

बिर्सिएका सारा कुरा, सम्झना को माझ आयो 
फेरी तिम्रो याद आयो, फेरी तिम्रो याद आयो x2

मेरो हजुर तस्बिरमा/ Mero Hajur Tasbir Ma Muskaunu Hunncha
➤Singer - Anand Karki 
➤Music - Purna Shree 
➤Lyrics - Ravi Basnet

मेरो हजुर तस्बिरमा मुस्काउनु हुन्छ 
जता जाउँ उतै नजर घुमाउनु हुन्छ

No comments: