हिरन्य भोजपुरे (Hiranya Bhojpure)

बाईरोड़को बाटोमा / Byroad ko Batoma Dhulo Udaudai
➤Singer - Hiranya Bhojpure & Pandav Sunuwar
➤Music -
➤Lyrics -
➤Collection - Hiranya Bhojpure

घर मेरो, यहाँ होइन चरिकोट 
चरिकोटमा, क्या राम्रो फूलको बोट 
ट्याक्सी गुडाउँदै, बाईरोड़को बाटोमा धुलो उडाउँदै 

तिम्रो घर त्यहीं तल होइन र 
तिम्ले मलाई, चिनेको छैन र 
ट्याक्सी गुडाउँदै, बाईरोड़को बाटोमा धुलो उडाउँदै 

मेरो मायाँ, छ भने तेता 
पानी खाने, निहुँ पारि आऊ यता 
ट्याक्सी गुडाउँदै, बाईरोड़को बाटोमा धुलो उडाउँदै 

सर सर मदानी सरर 
पोइको घर, नजाने को छ र  
ट्याक्सी गुडाउँदै, बाईरोड़को बाटोमा धुलो उडाउँदै 

दाई त काले / Daita Kale Bhai Pani Kaale
➤Singer - Hiranya Bhojpure 
➤Music -
➤Lyrics -
➤Collection - Ganesh Rashik

दाई त काले भाई पनि काले 
मै त काले रेलैको धुँवैंले 
ए काले काले मिलेर खाउँ भाले 
बुझने लाई यो कुरो गहिरो छ 
नबुझ्नेलाई घर छेउ मै पहिरो छ 

ट्याम्के डाँडा / Hamro Gharbata Tyamke Danda
➤Singer - Lekali Pariwar
➤Music - Lekali Pariwar
➤Lyrics - Hiranya Bhojpure 

हाम्रो घरबाट ट्याम्के डाँडा
आँखा अगाडि उभिएको देखिन्छ
हाम्रो घरबाट ट्याम्के डाँडा
चुलिँदै चुलिँदै आकाशलाई
छोएको देखिन्छ

एकदिन मैले ट्याम्केमा
लाली गुराँस फुलेको देखेँ
एक रात मैले त्यो गुराँसलाई
डढेलोले खाएको देखेँ
एकदिन मैले ट्याम्केलाई
ईन्द्रेणीले अंगालेको देखेँ
झरी परेको एकरात
ट्याम्के माथी माथी
चट्याङ परेको सुनेँ
त्यस्तै घाम छायामा
म हुर्के छु बढेछु म ठूलो भएछु
त्यसपछि मैले कयौं कैयौं
उकाली चढेँ ओह्राली झरेँ
लेक बेँसी बनकुहिरो भञ्ज्याङ नाघेँ
उकाली चढेँ ओह्राली झरेँ
आज मेरो घर मदेखि
टाढा छ धेरै टाढा
आज मेरा ट्याम्के मदेखि
टाढा छ धेरै टाढा
उमेरजत्तिकै टाढा
मेरो आधा जीवनजत्तिकै टाढा
धेरै टाढा, टाढा

तालवारी / Talwari Talpari Niuro
➤Singer - Hiranya Bhojpure 
➤Music -
➤Lyrics -
➤Collection - U/K

तालवारी तालपारी निउरो
निउरो निउरो भन्दैमा दिल बिग्रयो 


हिरन्य भोजपुरे  (Hiranya Bhojpure) नेपाली लोक गायक हुनुहुन्छ । उहाँ लेकाली समुहका सदस्य पनि हुनुहुन्थ्यो । गायिका उर्मिला श्रेष्ठ भोजपुरे उहाँको श्रीमती हुनुहुन्छ |

No comments: