➤Singer - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको
उमेर भै सक्यो असी, झन ठुला दुखले घेरेको
छोरा छोरी पालें तालें यै भारीको भरमा x 2
जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म
वैशाखको धुपमा पनि सुख पाइनँ मैले x2
साउनको बाढी पहिरो भन्न पाइनँ मैले,
निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो,
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो
सिमली छायाँमा...
छोरीहरू हुर्के बढे घर घर गए x 2
छोराहरू पाँचै भाई मुग्लानिया भए
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि x2
मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने
मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन,
बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि,
सिमली छायाँमा ...
कैलेकाहीं साथ दिने बुढी थिई घर x2
छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल x2
हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला,
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो,
झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो,
सिमली छायाँमा...
नुन तेल लुगा छैन, महँगो रासन x 2
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न x 2
मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न,
(उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो) x 2
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो x 2
सुकेर जाँदैन / Sukera Jadaina Rokera Rokidaina
➤Singer - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
सुकेर जाँदैन रोकेर रोकीदैन
भारी खेप्ने खेतालाको यहि हो जिन्दगानी
झरनाको चिसो पानी
चाहिँदैन मलाई / Chahidaina Malai Shishako Mahal
➤Singer - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
➤Music - Jeevan Sharma
➤Lyrics - Jeevan Sharma
चाहिँदैन मलाई सिसाको महल , चाहिँदैन मलाई चमेलीको वास।
यसै राम्राे छ याे मेराे जीवन चाहिँदैन मलाई संपत्तिकाे रास
No comments:
Post a Comment