छोरी भन्दा आमा तरुनी / Chhori Bhanda Aama Taruni Lipistick
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
➤ Music –
➤ Lyrics –
आमा भन्दा छोरी तरुनी ठिकै भन्यौ नि
होईन भाई गल्ति भयो उल्टो पर्यो नि
अनि के त नि ?
छोरी भन्दा आमा तरुनी, लिपिस्टिक पाउडरले
लान्छ क्यार घुमाऊन, झिल्के ड्राईभरले
ऐना हेरी हेरिकन, कैले कपाल कोर्छे
कहिले बस्छे टोलाएर, कहिले दङ्ग पर्छे
कहिले हेर्छे झ्याल बाट, कहिले भित्र पस्छे
आँखिभौ र परेलामा, अनेक रंग धस्छे
ए हो की होइन ? हो हो, होइन भन्ने को ?
छोरी भन्दा...
खसम् बाहिर गएको, दुइ महिना भा छैन
जहिले हेर्यो बाहिर घुम्छे, छैन घरमा बास
उनलाई भयो छटपटी, हामीलाई भोक प्यास x2
राम्री राम्री तरुनीको, सबलाई लाग्छा आस x2
ए.. हो की होइन हो हो..होइन भन्ने को?
छोरी भन्दा...
कलियुगको बेलैमा/Kaliyugko Belaima Joshma Hunna Hos
➤ Singer – Kumar Basnet
➤ Lyrics – Kumar Basnet
➤ Music – Kumar Basnet
कलियुग को बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष
नहेरु नि हेरुँ लाग्ने उनको लाली जोवन
राम्री केटी देख्दा खेरि नहेर्ने चै को छन्
आमा चैने आफ्नो छोरी सँधै सानो ठान्छे
छोरी भने जर्सी गाईको बाच्छी जस्तै बाठी
मलाई हेरी उनले हाँसिन म नि हांसीदिए
छेउमा आई बोल्न थालिन म नि बोलिदिएँ
जसले सक्छ उसले खान्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामी सँग आउली
भिमेस्वरको मेला भेट भएको बेला / Bhimeshor Ko Mela
➤ Singer – Gyanu Rana & Kumar Basnet
➤ Music – Shubha Bahadur Sunam & Sambhujeet Baskota
➤ Lyrics – Kumar Basnet
➤ Singer – Gyanu Rana & Kumar Basnet
➤ Music – Shubha Bahadur Sunam & Sambhujeet Baskota
➤ Lyrics – Kumar Basnet
भिमेस्वरको मेला भेट भएको बेला, लाईदेउ मायाँ ए साईली डर मान्नु पर्दैन
तामा कोशी बगर बिहे गर्ने रहर, छैन मलाई ए साईला फकाउनु पर्दैन हे
टुलु टुलु घुरेर, सानो सानो माया, नहेर कोकले
लान्छु आज तिमीलाई, सानो सानो माया, बैंशैको झोकले
जाडो भए आगो ताप, सानो सानो माया, सालैको मुढो छ
लान्छु भन्ने फुर्ति गर्ने, सानो सानो माया, सारै नै बुढो छ
हे..
तिमीलाई हामी चाहिने, हाम्लाई तिमि चाहिने,
आउन बस दाहिने, डर मान्नु पर्दैन
आच्छु कति खाए बाच्छु कति खाए,
तिमि लाई झुसे बारुलो, फकाउनु पर्दैन
तिम्ले मलाई राम्ररी, सानो सानो माया, चिनेको छैन र
तिमि पोथी नक्कली, सानो सानो माया, म भाले होइन र
मै हुँ भन्ने भालेको, सानो सानो माया, ठिक छैन है चाला
गाउँ घरैमा बासी हिन्दा, सानो सानो माया, स्यालैले लैजाला
हे...
तिमीलाई कठै बरि, किन खोज्छौ जोरी,
लान्छु अब तानेर, डर मान्नु पर्दैन
बोलि मिठो छैन, घरमा पिठो छैन,
हेरौं कसले लैजाने, फकाउनु पर्दैन
तिम्रो बाउलाई सलाम छ / Timro Baulai Salam Chha Aamalai Namaste
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
तिम्रो बाउलाई सलाम छ
आमालाई नमस्ते
अरुलाई सोध्या छ भन्दिनु
कसले भनि कन सोधे छन् भने
हे उही त हो नि,
कान्छा ज्वाईंले सोध्या छ भन्दिनु
तिम्रो बाउलाई...
बाघ होईन झम्टिने/ Bagh Hoina Jhamtine
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
बाघ होईन झम्टिने, चितुवा होईन चिथोर्ने, भालु होईन घिस्याउने,
हामीले सके तरुनी, फकाउने, फुल्याउने, डोलीमा चडाई लैजाने
जोडी मादल बजेको बेला,
छम छम नाची दिए के होला,
हाँस्ने खेल्ने दुई दिनको चोला,
तिमि लाई पनि बिहे गर्ने रहर छ होला
भात जति खाए/ Bhat Jati Khaye Ni Bhok Lagchha
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
भात जति खाए नि भोक लाग्छ, तरुनी देख्दा लोभ लाग्छ x2
लोभी छ आँखा पापी छ मन, श्रीमती माईत गैरछिन
हे साँईली.. हे माईली..
लोभी छ आँखा पापी छ मन, श्रीमती माईत गैरछिन
आई माई जति बुडी भएनी नक्कल पार्न छोड दैनन्
हाम्रो नि बैंश तेस्तै हो साँईली, तरुनी हेर्न छोड्दैन
हे साँईली.. हे माईली..
हाम्रो नि बैंश तेस्तै हो, तरुनी हेर्न छोड्दैन
निन्द्राले गुन्द्री भन्दैन, भोकले काँचो भात भन्दैन
मान्छे त सबै एउटै हो, बैंशले जात भात भन्दैन
हे साँईली.. हे माईली..
मान्छे त सबै एउटै हो, बैंशले जात भात भन्दैन
हेर्दा राम्रो माछापुच्छ्रे / Herda Ramro MachhaPuchchre
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
हेर्दा राम्रो माछापुच्छ्रे मारी राम्रो माछा
बैगुनीलाई गुनले मार्छु खोजि ल्याईदेउ काँछ
दैला मुनि तिते फापर, गाईले खाए खाला।
लाको माया छाड्ने छैन, गर्धन गए जाला।
जैले आउला मंग्सिर महिना उहिले जाउँला बेसी
मन परेको घरभार, बिग्रे खाँचै सित्ति
माछा पुच्छ्रे भन्नु, ए मात्रै धौलागिरी अग्लो
आज भेटि हुने, ए रैछ हिजै ए लाग्यो झल्का
भातै पाक्यो गुदु गुदु, तिहुन त करेली
आजकलका केटि, हरु झिम्काउ छन् परेली
तालको माछा तालमै रहयो, भ्याकुतो पाखैमा।
अरुलाई बोली बचन, कान्छीलाई काखैमा।
भातै पाक्यो गुदु गुदु, तिहुनलाई नुन छैन।
सुनको जस्तो जोबन दिदा, कान्छीलाई गुन छैन।
--
जुन खोलिमा पानी छैन, उही खोलिमा भोटि।
आफ्नो पोइलाई बासी मकै, नाठो पोइलाई रोटी
लप्सीको गेडो चुसेर / Lapsiko Gedo Chusera
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
लप्सीको गेडो चुसेर
ज्यामिरे निबुवा साँधेर
पट पटी जिब्रो पड्काउँदै
घाममा सुतेर बिताउने
के रोग लाग्यो केटीलाई यस्तो
अमिलो मात्रै रुचाउने...
सुर्खेतैमा सालिन / Surkhetai Ma Saalin
➤ Singer – Kumar Basnet
➤ Music –
➤ Lyrics –
सुर्खेतैमा सालिन भुलभुले ताल
मन तरुनो सालिन ज्यान बुढो यो साल
No comments:
Post a Comment