मञ्जुल (Manjul)

 गाई त बाँध्यो / Gai Ta Bandhyao Dhungro Ma

➤Singer - Raamesh/ Manjul
➤Music - Raamesh/ Manjul
➤Lyrics - Raamesh/ Manjul

गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
गरिबको बोल्दिने कोही छैन, कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन

रातो भाले धुरीमा करायो, करायो
गरिबको चमेली निद सबै हरायो
गरिबको निद सबै हरायो, हरायो
गरिबको चमेली निद सबै हरायो

धनीलाई धनमाथि धनै छ, धनै छ  
गरिबलाई चमेली रिनमाथि रिनै छ
गरिबलाई रिनमाथि रिनै छ , रिनै छ
गरिबलाई चमेली रिनमाथि रिनै छ 

धनहुनेलाई छँदैछ चइन, चइन 
गरिबलाई चमेली लाग्दछ ऐन
गरिबलाई लाग्दछ ऐन, ऐन
गरिबलाई चमेली लाग्दछ ऐन

दुधैकुण्ड पानीको सराबर, सराबर
हुनुपर्छ चमेली सबैलाई बराबर
हुनुपर्छ सबैलाई बराबर, बराबर
हुनुपर्छ चमेली सबैलाई बराबर



मञ्जुल (Manjul) / मेघराज शर्मा नेपाल (Meghraj Sharma Nepal)  नेपाली कवी, लेखक, तथा जनवादी गायक हुनुहुन्छ | उहाँको जन्म सन् १९४७ मा भोजपुरमा भएको थियो । उहाँ राल्फा समुहमा पनि आवद्ध हुनुहुन्थ्यो |

No comments: