रायन (Raayan)

गाउँ गाउँ बाट / Gau Gau Bata Utha Basti

➤Singer - Raamesh/ Rayan
➤Music - Shyam Tamot
➤Lyrics - Shyam Tamot

गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ x 2
यो देशको मुहार, फेर्न लाई उठ x2

(हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ) x 2
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ x 2
यो देशको मुहार फेर्नलाई उठ x 2

(हातमा औजार हुनेहरू औजार लिएर उठ
साथमा केही नहुनेहरू आवाज लिएर उठ) x 2
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ x 2
यो देशको मुहार फेर्नलाई उठ x2



रायन (Rayan) / नारायण भक्त्त श्रेष्ठ (Narayan Bhakta Shrestha) नेपाली जनवादी गायक हुनुहुन्छ । उहाँ राल्फा समुहमा पनि आवद्ध हुनुहुन्थ्यो |

No comments: