उर्मिला श्रेष्ठ भोजपुरे (Urmila Shrestha Bhojpure)

ट्याम्के डाँडा / Hamro Gharbata Tyamke Danda

➤Singer - Lekali Pariwar
➤Music - Lekali Pariwar
➤Lyrics - Hiranya Bhojpure 

हाम्रो घरबाट ट्याम्के डाँडा
आँखा अगाडि उभिएको देखिन्छ
हाम्रो घरबाट ट्याम्के डाँडा
चुलिँदै चुलिँदै आकाशलाई
छोएको देखिन्छ

एकदिन मैले ट्याम्केमा
लाली गुराँस फुलेको देखेँ
एक रात मैले त्यो गुराँसलाई
डढेलोले खाएको देखेँ
एकदिन मैले ट्याम्केलाई
ईन्द्रेणीले अंगालेको देखेँ
झरी परेको एकरात
ट्याम्के माथी माथी
चट्याङ परेको सुनेँ
त्यस्तै घाम छायामा
म हुर्के छु बढेछु म ठूलो भएछु
त्यसपछि मैले कयौं कैयौं
उकाली चढेँ ओह्राली झरेँ
लेक बेँसी बनकुहिरो भञ्ज्याङ नाघेँ
उकाली चढेँ ओह्राली झरेँ
आज मेरो घर मदेखि
टाढा छ धेरै टाढा
आज मेरा ट्याम्के मदेखि
टाढा छ धेरै टाढा
उमेरजत्तिकै टाढा
मेरो आधा जीवनजत्तिकै टाढा
धेरै टाढा, टाढा

आकाशको टिके तारा/ Aakashako Tike Tara

➤Singer - Urmila Shrestha Bhojpure & Nirmala Joshi
➤Music -
➤Lyrics - 
➤Collection - Bal Govinda Rajbhandari 
आकाशको टिके तारा मधुवनको आगो 
कपाल मेरो छोटो छोटो पन्सुकाको धागो 

No comments: