आज भोलि हरेक साँझ / Aja Bholi Harek Saajh
➤ Singer – Narayan Gopal
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag
आज भोलि हरेक साँझ मात्तिन थलेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
रहरै रहरमा पिएँ बिबश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ,
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोली जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ,
एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ
आज भोलि हरेक रात रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
No comments:
Post a Comment