आँखा छोपी नरोऊ भनि / Aankha Chhopi Narou Bhani
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Kali Prasad Rijal
आखाँ छोपि नरोउ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ
भोलि उठि कहाँ जाने केहि थाहा छैन
फर्कि आउने हो कि होइन केहि थाहा छैन
बाचा छिटै आउछु भनि गर्नु पर्या छ
छाति भरि गाउँ बेसि पखेरिको छाँया
आँखा भरि मेला पात मायालुको माया
आफैलाइ छाडि कतै जानु पर्या छ
भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो
परेलिका ओठबाट आँशु झरि रह्यो
कुल्चिएर आफैलाइ हिँड्नु पर्या छ
No comments:
Post a Comment