Aljhechha Kyare Pachhuri Timro Narayan Gopal

अल्झेछ क्यारे पछ्यौरी तिम्रो  / Aljhechha Kyare Pachheuri 

➤ Singer:  Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Bhupi Sherchan

अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा
बल्झेछ क्यारे, सिमलको काँडा, कलिलो खुट्टामा
 
आउँथ्यो कि चेली, भनेर आमा, दोबाटो धाएकी 
तीजमा पनि, बिर्सिछ क्यारे, गरिब माईती
सल्ला झैं आमा, सुसाई रहिन्, एक्लै कोठामा
 
छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यहि आँशु टिका पठाईदिऊँ कि सालको पातमा
 
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरी काग कराई रह्यो बेलको ठुटामा

No comments: