बनेको छ पहराले/ Baneko Chha Paharale Yo Chhati Mero
➤ Singer: Gopal Yonjan
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonzan
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लाज छोपिन्न
घोटिएर हातपाउ झरि जाउन औँला
तर कोही अगाडि यी हात जोडिन्न
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर शिर परायाले टेके सहन्न
No comments:
Post a Comment