Euta Khulla Kitab - Daisy Baraili

 एउटा खुल्ला किताब हुँ म / Euta Khulla Kitab Hu Ma

➤ Singer – Daisy Baraili 
➤ Music – Karma Yonjan
➤ Lyrics – Jas Yonjan Pyasi

एउटा खुल्ला किताब हुँ म, तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि, पन्नाहरू च्याते हुन्छ

बेमौकाको बादलसरि कतिचोटि फाटिदिएँ 
जसले मलाई बुझेँ भन्थ्यो उसकै पनि उपहास पाएँ 
एउटा खुल्ला चिठी हुँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ

निष्ठुरीको आस्थाबाट कतिचोटि टुक्रीसकेँ 
जसले मलाई सब थोक ठान्थ्यो उसकै पनि म रेत भएँ
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरूले जस्तै लेखेपछि अनर्थ सम्झी मेटे हुन्छ

No comments: