गल्ति हजार हुन्छन / Galti Hajar Hunchhan Yaha Hosh Harayeko Bela
गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ, म मात्तिएको बेला,
म मात्तिएको बेला...
मेरा यी हातहरुले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ, म पशु भएको बेला?
एक्लै तिमी नआउ, म मात्तिएको बेला
कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला
एक्लै तिमी न आउ म मात्तिएको बेला
No comments:
Post a Comment