Hanga Hanga Banabhari Aruna Lama

हाँगा हाँगा बन भरि /Hanga Hanga Banabhari Chaita Fulechha

➤Singer - Aruna Lama 

➤Music - Mani Kamal Chhetri
➤Lyrics - Hari Bhakta Katuwal

(हाँगा हाँगा बनभरि, चैत फूलेछ
थाहा नपाई मन भित्र, बैश फूलेछ) x2

(कता कता कसैलाई, भेटे भेटे झैँ
संग्लो पानी पिई तिर्खा, मेटे मेटे झैँ) x2
कोहो कोहो दुइ आँखामा, आइ डूलेछ
थाहा नपाई मनभित्र, प्रित फूलेछ

एकजोडी आँखा संधै, हाँसु हाँसु झैँ
एउटा माला फूल टिपी, गाँसु गाँसु झैँ
एकजोडी आँखा संधै, हाँसु हाँसु झैँ
एउटा माला फूल टिपी, गाँसु गाँसु झैँ
कसो कसो बिहानीको, निंद खुलेछ
थाहा नपाई मनभित्र, प्रित फूलेछ

No comments: