हिमाल सरि म / Himal Sari Ma Agli Rahechhu (Movie: Kanchhi, 1984)
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
हिमाल सरि म अग्लि रहेछु,
समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु,
सम्हाल, सम्हाल, सम्हाल मलाई
यि तारा कति छन् म गन्न सकुँला,
तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ,
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
म खोली बनेर सुस्तरी आँउला,
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला,
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
No comments:
Post a Comment