Janmanu Parchha Badlido Aakash Narayan Gopal

जन्मनु पर्छ हरेक मानिस...बदलिँदो आकाश / Janmanu Parchha Harek Manis 

➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Nagendra Thapa
(Movie: Badlido Aakash, 1983)

जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आश
गुराँस हेर विहान देखाई भन्छ बदलिंदो आकाश

नर र नारी विश्वमा सुन्दर ईश्वरको रचना
त्यो भन्दा पर जे जस्तो बन्यो मानिस कै कल्पना
बिरही गीत निष्ठुरी रित समाजको जनजाल
मानिस मानिस विचको नाता रोक्ने पर्खाल
हटाऊ धूलो चलाई चोखो हिमाली बतास
गुराँस हेर विहान देखाई भन्छ बदलिंदो आकाश

रगत रातो सवैको हुन्छ न जात न पात
हाँसो र अाँसु एउटै हुन्छ न छुवा न छुत
आकाश धर्ति सवैको लागि बनेको बराबर
तैपनि किन बाँढिनु पर्ने लगाई छेकबार
मुटुको माया एउटै भए फिजिन्छ सुवास
गुराँस विहान देखाई भन्छ बदलिंदो आकाश


Janmanu Parchha Harek Manis 
Liyera Naulo Aash...Badlido Aakash

No comments: