Jata Hidyo Utai Tanne Narayan Gopal

 जता हिँड्यो उतै तान्ने बेइमानी यो मायाँ / Jata Hidyo Utai Tanne Beimani Yo Maya

➤ Singer: Narayan Gopal
➤ Music: Dibya Khaling
➤ Lyricist: Dibya Khaling

जता हिँड्यो उतै तान्ने बेइमानी यो मायाँ
एक्लै परे मनै लाने बैगुनी यो मायाँ 
मायाँ छाडी नजाउ कतै कहीं बिर्सी देला 
जोवन पनि काँ डै होला फूल झरी देला 

मुटु भरि मातै लाग्ने कस्तो हो यो मायाँ 
टाढा गए आँखै लाग्ने कस्तो हो मायाँ 
जति पायो तेती माग्ने निठुरी यो मायाँ 
नपाएमा झर्किदिने दस्तुरी यो मायाँ 

ड़ुबी हेर पानी भित्र गहिरो छ मायाँ 
खोला तरी पारि गए पहिरो छ मायाँ 
हुँदा मात्रै राम्रो लाग्ने मोहनी यो मायाँ 
नहुँदा मा नराम्रो ए दुश्मनी यो मायाँ 

No comments: