जीवन देखि धेरै धेरै / Jeevan Dekhi Dherai
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
जीवन देखी धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
यहाँ ढुङ्गाहरु गर्छन् ईश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छन मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा यहाँ च्यातिएको हेर
कति सस्तो जीवन कति सस्तो मान्छे
जता ततै देख्छु मान्छे माथि मान्छे
सैयौं पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेरै काटेँ यो कालो मुटुलाई
म जन्मिएकै भेषमा मलाई आज हेर
जीवन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
Jeevan Dekhi Dherai Dherai Nai Thakera
Ma Murda Bhaeko Timi Aaja Hera
No comments:
Post a Comment