जीवनको हरेक मोडमा तिमीले मलाई भेट / Jeevan Ko Harek Modma Timile Malai Bhet
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म धेरै टाढा हुन्न, तिमीले मलाई खोज
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न
तिम्रै नशालु हातले, तिमीले मलाई छोउ
म डराए जस्तो गर्छु, तिमी आँट मलाई देउ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा, तिमीले मलाई थाम
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
No comments:
Post a Comment