झर्यो जिन्दगि फुट्यो जिन्दगि / Jharyo Jindagi Futyo Jindagi
झर्यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाचेको झुठो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी
पीरले भरेको खाली जिन्दगी
पिरतिले र्वाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
No comments:
Post a Comment