कसरि म भुलें / Kasari Ma Bhule, Ke ma ma bhule
कसरि म भुलें, के मा म भुलें
तिम्रो ओँठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरि म भुलें, के मा म भुलें
पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ
सपना भित्र, मन भुल्छ, मनभित्र माया
तिम्रो रुपमा कि रंगमा, के मा म भुले
कसरि म भुलें, के मा म भुलें
गहिराइमा, सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, के मा म भुलें
कसरि म भुलें, के मा म भुलें
No comments:
Post a Comment