केहि मिठो बात गर / Kehi Mitho Baat Gara
केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
रमाइलो कुरा गर सपनाको कुरा गर
सँगसँगै बिताएका सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
आउ नाचौँ अँध्यारोमा जूनकीरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुट्टिनु त छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
No comments:
Post a Comment