को कस्को हो/Ko kasko ho Kasle chinna sakchha ra
को कस्को हो, को कस्को हो, कसले चिन्न सक्छ र
सिन्दुर हो या, धुलो हो जीवन, कस्ले भन्न सक्छ र
आँखा नै हो मिठो सपना देख्नु गल्ति होईन
मुटु नै हो चोखो मायाँ गर्नु गल्ति होईन
बिति सकेका कुरा हरु लाई कसले साँच्न सक्छ र
को कस्को हो...
देखिएको आफ्नो हैन लेखिएको नै हो
खोजिएको आफ्नो हैन भेटिएको नै हो
बगी सकेको आँसु लाई कसले थाम्न सक्छ र
को कस्को हो...
No comments:
Post a Comment