Lahar Bar Ghumaune Chautari Aruna Lama

लहरे बर घुमाउने चौतारी / Lahar Bar Ghumaune Chautari 
➤Singer - Aruna Lama 
➤Music - Deepak Jangam 
➤Lyrics - Deepak Jangam 

लहरे वर घुमाउने चौतारी x2
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन x2
बैरागीको मनलाइ बरिलै
लहरे वर घुमाउने चौतारी

आकाशको कालो बादल, मनभरि छायो x2
हास्ने खेल्ने उमेरलाई, के ले हो रुवायो x2
माइतीको आश, बलिबाश, जिउको नाश बरिलै x2
लहरे वर घुमाउने चौतारी

डाँडामाथि झुल्के घाम, आँखामा छ रात x2
आफन्तको भिंडबिच, कोहि छैन साथ x2
कहाँ मेरो गाउँ, कुन हो ठाउँ, के हो नाउँ बरिलै x2
लहरे वर घुमाउने चौतारी x2

बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन x2
बैरागीको मनलाइ बरिलै
लहरे वर घुमाउने चौतारी

No comments: