Lau Suna Ma Bhanchhu Narayan Gopal

 लौ सुन म भन्छु  / Lau Suna Ma Bhanchhu Mero Raam Kahani

➤ Singer: Narayan Gopal 
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको घाम सयौं दिनको पानी

म उठ्दा आकासले मलाई थिचिदिन्छ, 
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोए यो आँसु रित्याऊँ भनेर, 
तर आँसुले नै मलाई नै बगाउँछ
यो बिधवाको सिँउदो कि मेरो जवानी, 
त्यो एकदिनको घाम सयौं दिनको पानी

तेरो आस्वासनमा मैले बाँची हेरें, 
मैले आगोमाथि पनि नाची हेरें
जीवनलाई चारैतिरबाट हेरें, 
केवल म पुरानो सबै नौले पाएँ
यही गीत साँचे पछिलाई निसानी, 
त्यो एकदिनको घाम सयौं दिनको पानी

No comments: