मैले पुन्य मन पराएँ / Maile Punya Man Paraye
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyricist – Ramman Trishit
मैले पुण्य मनपराएँ, या पाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले बरदान, या श्राप मन पराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा, सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
No comments:
Post a Comment