मलाई माफ गरिदेउ मेरा लोभी नजर / Malai Maaf Garideu Mera Lobhi Nazar
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
मलाई माफ गरिदेउ, मेरा लोभी नजर, कहीं कसैमा डुबेछ भने
म त खोजीरहेछु, हरेक चेहेरामा, मेरी सपनाकि प्रियसी मायालु
उ आँउछे सधैं म निदाएको बेला, अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पिरहरुसित, उसका मिठा मिठा भावना
मलाई माफ गरिदेउ मेरो प्रेमको कुरा, कही कसैलाई बिझेछ भने
उसको आँखा र ओठ, मेरो रोदीघर हो, उसको छाती मेरो बास हो
उसको आँशु बर्षा, उसको सुस्केरा शिशीर, उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेउ, मैले मृगतृष्णा, कहीं कसैमा देखेछु भने
No comments:
Post a Comment