राष्ट्र कवि माधब प्रसाद घिमिरे द्वारा लिखित चर्चित नाटक मालती मंगले लाई बि.सं. २०४२ ताका सांगीतिक रेकर्ड तथा मन्चन गरिएको थियो । सो गीति नाटकमा अम्बर गुरुङ ले संगीत दिनु भएको थियो भने नारायण गोपाल र तारा देवी ले स्वर दिनु भएको थियो ।
सँधै त तिमि उजेली मुहार / Sadhai Ta Timi Ujeli Muhar
➤Singer - Narayan Gopal/Tara Devi
➤Music - Amber Gurung
➤Lyrics - Madhab P Ghimire
Musical Play Malati Mangale
मंगले-
सधैँ त तिमी उजेली मुहार बलुँ झै धपधपी
आजैको दिन रोइरैछौ किन शीत झैँ तपतपी
मालती-
पहिलो पाली प्रियलाई देख्दा हर्षले रोइरहेँ
पुछेर आँसु त्यै बेलादेखि उजेली भइरहेँ
मंगले-
आज त आँसु थामिन्न तिम्रो जति नै पुछुँ मैं
भुलभुल आँसु टुलटुल हेरी कसरी बाँचु मैं
मालती-
प्रियको अघि आँसुमा बगी हलुका हुन्छ दिल
सूर्य अघि पलक खोली शीतमा रुन्छ फूल
मंगले-
छाया घाम लघारी रैछ छिम्काको भीरैभीर
मसित पनि नभन्न हुने यो कस्तो पर्यो पीर
आज भोलि दुख्दैन गोडा / Aaj Bholi Dukhdaina Goda
➤Singer - Narayan Gopal
➤Music - Amber Gurung
➤Lyrics - Madhab P Ghimire
Musical Play Malati Mangale
आज भोलि दुख्दैन गोडा, मैले काँडो टेके पनी
रुन्छ मन चिरिन्छ छाती, जोडी ढुकुर देखे पनि
किन फेरी छुटाई दियो, दुईटा मुटु जोडी
माकुरो झैँ झुण्डाई दियो, त्यो मायाँको डोरी
मेरो मायाँ सन्चै छ होला, नौ डाँडाले छेके पनि
रुन्छ मन चिरिन्छ छाती, जोडी ढुकुर देखे पनि
शिर माथि तारा राखी, मनका मन माई
के हुन्छ कि हेरी रहुँ, तिम्री छोरी लाई
सुनकेशरी छन् मेरै साथमा, राक्षस सैले रोके पनी
रुन्छ मन चिरिन्छ छाती, जोडी ढुकुर देखे पनि
फेरी भेट हुन्छ हुन्न, हाई मेरी प्रिया
काया जिउला कतिन्जेल, जिउ संधै मायाँ
बिपनीमा पाईन्न देख्न, सपनीमा देखे पनि
रुन्छ मन चिरिन्छ छाती, जोडी ढुकुर देखे पनि
आज भोलि...
गीतैले बोलाई दरौंदीलाई/ Gitaile Bolai Daraudilai
➤Singer - Narayan Gopal
➤Music - Amber Gurung
➤Lyrics - Madhab P Ghimire
Musical Play Malati Mangale
(गीतैले बोलाई दरौंदीलाई मर्स्याङ्ग्दि मिसियो,
म के ले बोलाउँ मालतीलाई मुरली खोसियो) x2
आँसुमा रोउँ, रितियो आसुँ, गीतमा रुन देउ
आफैंलाई छोउँ, भत्किन्छ छाती, प्रीतिलाई छुन देउ
मौरीले चिल्यो, बलाकी फुल, मान्छेले छिल्यो दिल
झन् झिक्न खोज्छु, झन् गडी जान्छन, दिलका लाखौँ खिल
शिरको टोपी भुईंमा राखी / Shirko Topi Bhuima Rakhi Ma Garchhu Binati
➤Singer - Narayan Gopal
➤Music - Amber Gurung
➤Lyrics - Madhab P Ghimire
Musical Play Malati Mangale
शिरको टोपी भुईंमा राखी, म गर्छु बिनती
गाउँले भाई हो शरणमा छोडें एक्ली मालती
* म जहाँ जाउँ ठक्कर खान्छु, म कहाँ जान्छु र / Ma Jaha Jaha Jaau Thakkar Khanchhu
*आमा हो.. रुन्छु पाऊ समाती /Aama Ho.. Runchhu Paau Samati
*यो मायाँ क्या राम्रो /Yo Maya Kya Ramro
*शिर झुक्यो लाजैले हो कि / Shir Jhukyo Laajle Ho Ki
*हे.. कुन्जमा गुन्जियो स्वर कोईली को / He Kunjama Gunjiyo Swor Koiiliko
(V: Narayan Gopal/Tara Devi)
*मलाई पनि लैजाउ/ Malai Pani Laijaau (V: Tara Devi)
*Dhoka Khol Malati Dhoka Khol Ho
No comments:
Post a Comment