Manchhe Ko Maya Narayan Gopal Lyrics

 मान्छेको माया यहाँ / Manchhe Ko Maya Yaha

➤ Singer – Narayan Gopal & Gyanu Rana
➤ Music –Shiva Shankar
➤ Lyricist – Ramman Trishit

मान्छेको माया यहाँ, खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
यो रात फकाई आउने, सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको अर्को राम्रो एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन
मान्छेको माया यहाँ,,,

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
मान्छेको माया यहाँ...

No comments: