मेरो बेहोशी / Mero Behosi Aaja Mero Lagi Parda Bho
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Ishwar Ballav
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोट्टिए पिर सबै दु:ख सबै पर्दा भो
यो नशा जिन्दगी हो या हो नशा रक्सीको
के हो यो पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो
No comments:
Post a Comment