पोखिएर घामका झुल्का / Pokhiyera Ghamko Jhulka
पोखिएर घामको झुल्काभरि सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है
कति-कति आँखाहरू बाटो छेक्न आँउछन्
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है
उडूँ-उँडू लाग्छ किन, प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाह छैन कसलाई थाह होला
त्यसैले त तिमीसँग सोधूँ-सोधूँ लाग्छ है
Lyrics
No comments:
Post a Comment