सबैले भन्थे मायालु फुल भै / Sabai Le Bhanthe
➤Singer - Aruna Lama
➤Music - Ambar Gurung
➤Lyrics - Ambar Gurung
सबैले भन्थे, मायालु फूल भै, आँखामा फुल्छु
कर्मैले हजुर, आँशुमा म फुले x2
म आफै भन्थे, जिन्दगी आफ्नै, हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुँले x2
सुन्दछु मेरो, यही धर्ती भित्र, आफ्नै छ रगत
पाउँदिन तर, कोहीपनि आफ्नो, बेग्लै छ जगत
देख्नेले भन्थे, उडेर एकदिन, आकाश छुन्छु
कुन दिनले हजुर, उड्न नै म भुलेँ x2
न घर मेरो,न वन मेरो, यहि मनले म एक्लो
मुहार मेरो, सबैको जस्तो, आँशुले म बेग्लो
लहरले भन्थ्यो, बगेर एकदिन, सागर पुग्छु
दिनले हजुर खोला मै म सुके x2
No comments:
Post a Comment