संगाल घुम्टोहरु / Sangala Ghumto Haru
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyricist – Nagendra Thapa
संगाल घुम्टोहरु, सजाऊ केशहरु
म आँए आँधी बोकेर, सम्हाल वेगहरु
आँधीले उडाईदेला, लाजका ति पर्दाहरु
बतासले खोसिदेला, ओठका ति हाँसोहरु
यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टीहरु
आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु
गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु
म आएँ आफ्नै भनि, बोकेर चिनोहरु
लुकाऊ प्यारा प्यारा, कलिला वैशहरु
No comments:
Post a Comment