सारंगीको तारले मेरो / Sarangiko Taarle Mero Manko Geet Gauchha
➤ Singer – Kumar Subba➤ Music – Karma Yonjan
➤ Lyrics – Man Bahadur Mukhiya
सारंगीको तारले मेरो मनको गीत गाउँछ
लेक देखि बेसी सम्म गाईने मित लाउछ
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई र पिरतिको कथा
फूल रोए शित हुन्छ मैले रोए गीत
सारंगी को धुन मात्रै गाईने को जीत
रानी बनको डाँफे मुनाल सँग झुली हिड्छु
पहाड को रन बन डुली डुली हिड्छु
सारंगी मा गाउँदै हिंड्दा मलाई माग्ने भन्छ
आफ्नै दाजुभाईले मलाई नाचिने झैँ गर्छ
No comments:
Post a Comment