Timi Jun Raharle Narayan Gopal Lyrics

 तिमि जुन रहरले / Timi Jun Raharle Ma Ma Fulna 

➤ Singer –  Narayan Gopal 
➤ Music – Dibya Khaling
➤ Lyrics – Dinesha Adhikari

तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?, व्यर्थै तिमीले मेरो हात समायौ

बैँसालु तिम्रा ती रहरहरूमा, न मैले कहिल्यै हरियाली कोरेँ
राताम्य तिम्रा ती अधरहरूमा, न मैले कहिल्यै खुसियाली पोतेँ
र, सायद रिसायौ तिमी भित्रभित्रै, न भित्री तिम्रा खुल्दुली सोधेँ

रुझे हुन् ती तिम्रा पलक र आँखा, मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा, मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई, जो शून्यतामा बिलाए मजस्तै

No comments: