तिमीलाई म के भनुँ / Timilai Ma K Bhanu
तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ
उपमा धेरै म के देउँ, तिमीलाई मनकी मायालु भनुँ
फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालुँ म, नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनुँ कि, फूल भनुँ कि जून भनुँ
केही झुके-झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा ताल बीच, नसकी तर्न, डुबें डुबें म
कहिलै नछुट्ने तृष्णा भनुँ कि, फूल भनुँ कि जून भनुँ
No comments:
Post a Comment