तिमीले भनेका सारा देव / Timile Bhaneka Sara Deb Chhoyera
तिमीले भनेका, सारा देव छोएर
म.…किरिया खान, कहाँ सक्छु र
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर
तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे
पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा
विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे
रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर
केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे
No comments:
Post a Comment